मेघालयमा गठबन्धन सरकार बनिने सम्भावना

Seal_of_Meghalaya.svg_.png

शिलाङ: पहाड़ी राज्य मेघालयको ६० सदस्यीय विधानसभाको ५९ सीटमा गत २७ फरवरीमा मतदान भएको थियो। बिहीवार बिहान ८ बजीदेखि शुरू भएको मतगणनाबाट प्राप्त रूझानहरूबाट राज्य विधानसभामा कुनैपनि पार्टीलाई अस्पष्ट बहुमत नपाइने संकेत पाइरहेको छ। राज्य सरकारको सत्ताधारी पार्टी एनपीपी रूझानहरूमा सबैभन्दा ठूलो पार्टी बन्दै गएको देखा परिरहेछ।
दिउँसोसम्म चुनाउ आयोगद्वारा जारी आधिकारिक आंकड़ाहरू अनुसार, ५९ मध्ये ९ सीटको परिणाम र ५० सीटको रूझान अघि आएको छ। चुनाउ आयोगको घोषित आकंड़ाहरू अनुसार, एनपीपीले ५ सीट जितिसकेको छ। त्यही, एक सीट टीएमसी, एक सीट कांग्रेस र दुई सीट यूडीपीले जितेको छ। रूझानहरू अनुसार, एनपीपीलाई २६ सीट प्राप्त भएको देखा परिरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement