दुई बेला कामको विरोध निमती झोड़ा चियाबारीमा पनि

48b17211-59d2-4b9b-a609-7ba0eabf4eb7

कालचिनीः होलीको अघि कमानमा दुई बेला काम नगर्ने दाबीमा बुधबार डिमा चियाबारीका श्रमिकहरूले ओजन रोकेर विरोध गरेको थियो भने बिहीबार यता निमती झोड़ा चियाबारीमा पनि श्रमिकहरूले दुई बेला काम नगर्ने भन्दै पत्तीको पोको फ्याक्ट्री गेट अघि छोड़ेर घर फर्किएको थियो।
यसरी दुई बेला काम नगर्ने पक्षमा श्रमिकहरू नरहेको सन्दर्भमा निमती झोड़ा चियाबारीका सिनियर म्यानेजर राणा अधिकारीले होलीमा चार दिन छुट्टी यसै पनि हुने र अहिले नयाँ फ्लसको चियापत्ती टिपाई दुई बेला नलगाए उत्पादन क्षमतामा नकरात्मक प्रभाव पर्ने भएकोले दुई बेला काम लगाईने कमान प्रबन्धनपक्षले ठानेको र यसमा सबै ट्रेड यूनियन र श्रमिकहरुले सकारात्मक साथ दिनु पर्ने आशा गरीएको बताएका छन्। अर्कोतिर डिमा चियाबारीका प्रबन्धनपक्षले पनि दुई बेला काम रोक्न नसक्ने र आजदेखि कमानमा दुई बेला काम भएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement