आबकारी विभागद्वारा भोटाङे रक्सी सहित एकजना पक्राउ

db285230-52f8-489a-bc93-cf23d2bf7b68

कालचिनीः होली पर्वलाई ध्यानमा राखेर आबकारी विभागले नशा रोकथाम गर्न अभियान चलाईरहेको क्रममा बिहीबार जयगाउँ एनएस रोड संलग्न भोटाङ गेट अघिबाट एकजना मोटरबाइक सवारलाई रोकेर जाँच गर्दा उक्त बाइकबाट ३६ बोतल भोटाङ निर्मित बियर र १० बोतल व्हिस्की जफत गर्न सफल भएको छ।
होली पर्वमा मद मदिरा पिएर कुनै प्रकारको अशान्ति नहोस भनेर आबकारी विभागले कड़ा अभियान चलाउने क्रममा बिहीबार उक्त मोटरबाइक सवार युवकलाई पनि भोटाङ निर्मित बियर र व्हिस्की समेत पक्राउ गरेको बताएको छ भने पक्रा परेका युवकलाई शुक्रबार अलिपुरद्वार जिल्ला अदालतमा पठाईने जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement