केन्द्रिय वित्तमन्त्री सीतारमण दिल्ली फर्किइन्

IMG-20230302-WA0231.jpg

मंगनः चार दिवसीय सिक्किम भ्रमणमा आएकी केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमण आज नयाँ दिल्ली फर्किइन्। यस अवधि बाघडुग्रा विमानस्थलमा उनलाई राज्यका पर्यटन एवं नागरिक उड्डयन, वाणिज्य एवं उद्योग विभागीय मन्त्री बीएस पन्तले सम्मानजनक बिदाई दिए। नयाँ दिल्ली प्रस्थान हुनअघि केन्द्रिय वित्तमन्त्री सीतारमणले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति शुभकामना व्यक्त गरिन्।

उल्लेखनीय छ, बजेट अघि सत्रको कार्यक्रममा सहभागिता जनाउन केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमण गत २७ फरवरीको दिन राजधानी गान्तोक आइपुगेका थिइन्। सिक्किममा व्यापार तथा उद्योग क्षेत्रका प्रतिनिधिहरू जस्तै सिक्किम च्याम्बर अफ् कमर्स, कर व्यवसायी, कर्पोरेट, विभिन्न सङ्घ-संस्था, महिला उद्यमीहरू आदिसँग बजेट पूर्व पश्चात् अन्तरक्रिया कार्यक्रममा उनले भाग लिइन्। यसपछि हिजो मंगन जिल्लाको लाचेनमा एसबीआई ब्याङ्कको एटीएमको उद्घाटनपछि पवित्र गुरुदोङमार झीलको भ्रमण साथै सीमावर्ती क्षेत्रमा रहेका गाउँहरूको भ्रमण अवधि सेनाका जवानहरूसँग पनि भेट गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement