कोलकाता: पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले तीन राज्यको विधानसभा चुनाव परिणाम घोषणा भएको दिन बिहीबार आउँदो वर्ष २०२४ को लोकसभा चुनावलाई लिएर महत्वपूर्ण घोषणा गरेकी छिन्। उनले आफ्नो पार्टी तृणमूल कंग्रेसले कसैसित गठबन्धन नगरी एक्लै चुनाव घोषणा गरिन्l मुर्शिदाबाद जिल्लाअन्तर्गत सागरदिघी उपचुनावमा माकपा-कंग्रेस गठबन्धन उम्मेद्वारको जीत तथा तृणमूल कांग्रसको हारलाई लिएर चर्को प्रतिक्रिया व्यक्त गर्दै उनले भनेकी छन्, ‘माकपा र कंग्रेसले अनैतिक गठबन्धन गऱ्यो। उनीहरू एका-अर्कासित भोटहरूको लेनदेन गर्दछन्l’ त्रिपुरामा पार्टी उम्मेद्वारको जमानत जफ्त भएकोमा उनले भनेकी छन्, ‘त्यहाँ तृणमूलविरूद्ध गठबन्धन गरियो ताकि पार्टीलाई हराउन सकोस्l’
मेघालयमा पार्टीको अपेक्षाकृत उत्कृष्ट प्रदर्शनको उल्लेख गर्दै उनले भनिन्, ‘यस राज्यमा पाँचवटा सीटमा तृणमूल कंग्रेसले जीत दर्ता गराएको छ भने १५ प्रतिशत मानिसहरूले मतदान गरेका छन्। यसको लागि म त्यहाँका जनताप्रति आभारी छुl’ आउँदो वर्ष २०२४ को रणनीतिको उल्लेख गर्दै उनले भनिन्, ‘लोकसभा चुनावमा उनको पार्टी कुनै पनि गठबन्धनको हिस्सा बन्नेछैन। यसको सट्टा मानिसहरूसित मिलेर मानिसहरूको निम्ति चुनाव लड़्नेछन्। माकपा-कंग्रेसको लागि तृणमूल कंग्रेस एक्लै काफी छ। उनीहरूसित गठबन्धनको कुनै प्रश्नै उठ्दैनl’