२ मार्चः भारत विरुद्ध बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको तेस्रो म्याचमा अष्ट्रेलियाको जीत लगभग निश्चित देखिएको छ। अष्ट्रेलियालाई म्याच जित्न केवल ७६ रनको लक्ष्य हासिल भएको छ। चारवटा टेस्ट म्याचको सीरीजमा भारत अहिले २-०-ले अघि रहेको छ। इन्दौरको होल्कर स्टेडियममा दोस्रो दिन पनि स्पिनरहरूका ताण्डव जारी रह्यो। अष्ट्रेलियाको पहिलो ईनिंग्स १९७ रनमा समाप्त गरेपछि भारतीय ब्याटरहरूले आज पनि स्पिनरहरू अघि आत्मसमर्पण गरे। यसैकारण भारतको दोस्रो ईनिंग्स केवल १६३ रनमा समाप्त भयो। भारतले आफ्नो पहिलो ईनिंग्समा पनि केवल १०९ रन बनाएको थियो। आज भारतले अन्तिम विकेटको रूपमा उमेश यादव (०)-लाई गुमाउनको साथै दोस्रो दिनको खेल समाप्त गरियो। भारतको दोस्रो ईनिंग्समा अष्ट्रेलियाका न्याथन लियोनले असाधारण बलिंग गर्दै ८ विकेट हासिल गरे। यसबाहेक म्याथ्यू कुहनेमन र मिचेल स्टार्कले १-१ विकेट लिए।

भारतको दोस्रो ईनिंग्समा चेतेश्वर पुजाराले सर्वाधिक ५९ रन बनाए। श्रेयस अय्यरले दोस्रो सर्वाधिक २६ रनको योगदान दिए। अरू सबै आउने र जाने मात्र भए। यसअघि आज बिहान भारतले अष्ट्रेलियाको पहिलो ईनिंग्सलाई समेट्न अधिक समय लगाएन। एक समय ४ विकेटमा १८६ रनको स्कोरमा हुने अष्ट्रेलियाई टीम आज बिहान १९७ रनमा अलआउट भयो। यसरी अष्ट्रेलियाले अन्तिम ६ विकेट केवल ११ रनमा गुमायो। रविन्द्र जडेजाले सर्वाधिक ४ विकेट लिए। यसबाहेक रविचन्द्रन अश्विन र उमेश यादवले ३-३ विकेट लिए।










