दुईवटा बसको ओभरटेकमा मोटरसाइकल चालकको मृत्यु

IMG-20230302-WA0156.jpg

कुचबिहार: सरकारी बसलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको निजी बसले मोटरसाइकललाई ठक्कर दिएको छ। यति मात्र होइन, बसले मोटरसाइकललाई धेरै टाढासम्म तान्यो। घर्षणका कारण मोटरसाइकलमा आगलागी हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो। घटनाले क्षेत्रमा त्रास फैलिएको छ। घटना माथाभाङ्गा ब्लक १ को शिकारपुर क्षेत्रमा भएको हो। मृतक माथाभाङ्गा बैरागिरहाट क्षेत्रका बासिन्दा रहेको बताइएको छ। उनी बैरागिरहाट क्षेत्रबाट ज्वाइँको मोटरसाइकलमा माथाभाङ्गातर्फ आउँदै थिए। त्यसैबेला शिकारपुर क्षेत्रमा विपरित दिशाबाट आउँदै गरेको दिनहाटा–सिलगढीको निजी बसले उनको मोटरसाइकललाई ठक्कर दिएर केही टाढासम्म तानेर लगेको थियो। जसका कारण मोटरसाइकलमा आगो लागेको थियो। घटनालगत्तै उनको घटनास्थलमै मृत्यु भएको थियो भने घटनालगत्तै पुलिसले घटनास्थलमा गएर शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको थियो। दुर्घटनामा परेको बसलाई नियन्त्रणमा लिएको छ भने बसका चालक मौका देखेर फरार भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement