प्रीमियर लीगः आर्सनल र लिभरपूल विजयी

IMG-20230302-WA0114.jpg

२ मार्चः ईंग्लिश प्रीमियर लीगमा आर्सनलले अझ एउटा जीतको साथ शीर्ष स्थानलाई मजबूत बनायो। यसरी नै लिभरपूलले पनि आफ्नो म्याच जित्यो। आर्सनलले बुधवार राति खेलिएको म्याचमा एभर्टनलाई ४-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ७४ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले एभर्टनलाई शुरुदेखि नै दबाउमा पाऱ्यो। होम टीमबाट लयमा रहने गेब्रिएल मार्टिनेल्लीले मध्यान्तरको ठीक अघि अनि ८०औं मिनटमा २ गोल गरे। यसबाहेक बुकायो शाकाले ४०औं र मार्टिन ओडेगार्डले ७१औं मिनटमा गोल गरे। यस एकतर्फी जीतपछि आर्सनल २५ वटा म्याचमा ६० पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीसँग अहिले आर्सनलभन्दा ५ पोइण्ट कम्ती रहेको छ। यसरी नै एभर्टन २१ पोइण्ट लिएर १८औं स्थानमा रहेको छ। यसरी नै अन्य एउटा म्याचमा लिभरपूलले वूल्भ्सलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ५७ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलले दुवै गोल दोस्रो हाफमा हासिल गऱ्यो। भर्जिल भान डिज्कले ७३औं र मोहम्मद सलाहले ७७औं मिनटमा गोल गरे। यसरी केवल ४ मिनटको अन्तरमा दर्ता गरेको दुई गोलले होम टीमलाई जीत दिलायो। यस जीतको साथै लिभरपूल २४ वटा म्याचमा ३९ पोइण्टको साथ छैटौं स्थानमा पुग्यो। यसरी नै वूल्भ्स २५ वटा म्याचपछि २४ पोइण्टको साथ १५औं स्थानमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *