गेजिङ: मत्स्य पालन जिल्लास्तरीय समितिको बैठक आज गेजिङस्थित जिल्लापाल कार्यालयमा सम्पन्न भयो। जिल्लापाल वाईडी योङ्गदाको अध्यक्षतामा आयोजित बैठकको उद्देश्य गेजिङ जिल्ला अन्तर्गत वर्ष २०२-२४ र २०२४-२५ जिल्ला मत्स्य पालन वार्षिक कार्य योजनाको छानबिन गर्नु रहेको थियो। बैठकमा मत्स्य पालन विभागका एडीले वार्षिक योजनामाथि पावर पोइन्ट प्रस्तुति दिएका थिए। जिल्लापाल योङ्गदाले जुलाई २०२२ मा पारित गरिएको वार्षिक योजनामाथि के-कति कार्य भए भन्ने विषयमा जानकारी लिइन्। उनले अनलाइन प्राप्त आवेदनहरू र ट्राउट माछा खेतीको क्षेत्रमा सम्भावित उद्यमीहरूको बारेमा पनि सोधपुछ गरिन्। उनले आउटरीज कार्यक्रमहरूमा अझै पनि अन्तर स्पष्ट देखिएको महसुस गर्दै जागरूकतामाथि बल दिइन्।