पाकिम: पाकिम जिल्लाको नवस्थापित जिल्ला भवनको उद्घाटन आज जिल्ला अध्यक्ष लाडेन भोटिया र उपाध्यक्ष प्रभा प्रधानको बाहुलीद्वारा संयुक्तरूपमा गरियो। यस अवसरमा कृषि विभागका ओएसडी पीके सुब्बा, जिल्लापाल टाशी छोपेल, पाकिमकी एडीसी अनुपा तामलिङ, एडीसी रबिन सेवा, एसडीएम थेन्डुप लेप्चा तथा अन्यहरूको उपस्थिति रहेको थियो।









