गान्तोकः सिक्किम हथकरघा एवं हस्तशिल्प विकास निगमले यहाँको जिरो पोइन्टमा १ मार्चदेखि आगामी १४ मार्चसम्म राज्य हथकरखा प्रदर्शनी २०२३ को आयोजना गरिरहेको छ। राष्ट्रिय हथकरघा विकास कार्यक्रम अन्तर्गत आयोजित यस प्रदर्शनीको उद्घाटन आज गान्तोककी उपमेयर छिरिङ पाल्देन भोटियाले गरिन्।
प्रदर्शनीमा सिक्किमसहित मिजोरम, मणिपुर, अरूणाचल प्रदेश, नागाल्याण्ड, असम, बिहार, जम्मू कश्मीर, झारखण्ड, पश्चिम बंगाल, उत्तर प्रदेश र लद्दाखका ६० जना बुनकरले आ-आफ्ना उत्पादहरू प्रदर्शनी एवं बिक्रीमा राखेका छन्। यो प्रदर्शनी सिक्किम हथकरघा एवं हस्तशिल्प विकास निगमको वार्षिक कार्यक्रम रहेको बताइएको छ।