नशालु पदार्थसहित रम्फू चेकपोस्टमा दुई व्यक्ति पक्राउ

5079.jpg

गान्तोक: रम्फू चेक पोस्टमा दुई व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरियो भने पुलिसले पक्राउ गरेको व्यक्तिहरू एउटा बसमा सिक्किमतिर आइरहेका थिए। पुरानो रम्फू चेक पोस्टमा नियमित वाहनहरूको जाँचको क्रममा एउटा बसबाट दुई व्यक्तिलाई पक्राउ गरियो। पक्रा पर्ने व्यक्तिहरूबाट १३६८ स्पास्मोप्रोक्सिवन क्याप्सुल जफत गरिएको छ।पक्रा पर्ने आरोपितहरू दुवै डाँडागाउँ, तादोङ निवासी हुन्। उनीहरू विरूद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement