गान्तोक: दिल्लीको आधिकारिक भ्रमणमा गएका सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले बुधवार नयॉं दिल्लीमा केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहसित शिष्टाचार भेट गरे। राज्यका राज्यपालका रुपमा पदभार ग्रहण गरेपछि उनको यो पहिलो भेट हो।

यसअघि राज्यपाल आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसित पनि भेट गरिसकेका छन्।










