मुख्यमन्त्री र सोलिसिटर जनरल तुषार मेहताको भेट

Untitled-1-copy-2

गान्तोक: भारतका महायाचक अर्थात् सोलिसिटर जनरल अफ् इण्डिया तुषार मेहतासँग राज्यका मुख्यमन्त्री पीएस गोलेले नयाँ दिल्लीमा भेट गरे। सिक्किमेली जनसमुदायको पक्षमा हालै सर्वोच्च न्यायालयमा पुनः विचार

याचिका दर्ता गरेर सराहनीय पहल गरेवापत सिक्किमेली जनसमुदायको पक्षबाट मुख्यमन्त्री पीएस गोलेले यस भेट अवधि भारतका सोलिसिटर जनरल मेहताप्रति कृतज्ञता व्यक्त गरे। राज्य सरकारसँगै केन्द्रद्वारा दर्ता यी पुनः विचार याचिकापछि सिक्किमेली मूलका नेपाली समुदायलाई घरिघरि लागिरहने विदेशीको मामिलालाई सधैंको निम्ति मेटिएको छ। आजको यस भेटमा मुख्यमन्त्री तामाङले भारतका महायाचक तुषार मेहता अनि उनका परिवारलाई भविष्यमा सिक्किम भ्रमणको निम्ति निम्तो पनि दिए जसलाई उनले सहर्ष स्वीकार गरेका छन्।

आज नै मुख्यमन्त्री तामाङले नयाँ दिल्लीमा रहेका राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग सौहार्द्रपूर्ण भेट गरे। यस भेट अवधि मुख्यमन्त्री तामाङले राज्यमा जारी विकासीय योजना अनि कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement