गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीको ओल्ड सिक्किम हाउसमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग शिष्टाचार भेट गरे। यस भेट अवधि सिक्किमसित सम्बन्धित विभिन्न गतिविधिहरू र योजनाहरूको बारेमा चर्चा गरिएको बताइएको छ।

विशेष रूपमा राज्यमा स्वास्थ्य पर्यटनलाई बढ़ाउनु पर्ने विषयमाथि चर्चा भएको राजभवनले प्रेस विज्ञप्तिमा जानकारी गराएको छ।