कोलकाता: केन्द्रिय गृह राज्य मन्त्री निशीथ प्रमाणिकमाथि कूचबिहार जिल्लाको दिनहाटामा गत शनिवार हमला भएको थियो।यसलाई लिएर कलकत्ता हाईकोर्टले राज्य सरकारबाट रिपोर्ट मागेको छ। बुधवार मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायमूर्ति राजर्षि भारद्वाजको खण्डपीठमा सुनवाई भयो। कोर्टले शुक्रवारसम्म राज्य सरकारले यस सम्बन्धमा विस्तृत रिपोर्ट दिनपर्ने आदेश दिएको छ।यो मामिलामा आगामी शुक्रवार दिउँसो १२:३० बजी सुनवाई हुनेछ ।नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको तर्फबाट लगाइएको यस जनहित याचिकामा दाबी गरिएको छ, पूर्व परिकल्पित योजना बनाएर केन्द्रिय राज्य मन्त्रीको लश्करमाथि हमला भयो। बमबारी भयो, गोलीबारी भयो र ढुंगा फ्याँकियो। पुलिस मुकदर्शक थियो र सबैकुरा प्रशासनको संरक्षणमा भएको हो। यसमा केन्द्रिय गृह राज्य मन्त्रीलाई ज्यानले मार्ने षड़यन्त्र हुनसक्छ। उनले घटनाको सीबीआई जाँचको माग गरेका छन्।
केन्द्रको तर्फबाट अतिरिक्त सोलिसिटर जनरलले कोर्टमा भने, प्रोटोकल अनुसार केन्द्रिय गृह राज्य मन्त्रीको सुरक्षाको जिम्मा राज्य सरकारको हो। उनी जहाँपनि जानेछन्, त्यहाँ पर्याप्त सुरक्षा व्यवस्था हुनुपर्छ तर राज्य सरकार यसो गर्नमा असमर्थ रहेको छ। यहाँसम्म कि उनीमाथि भएको हमलाको जाँच पनि एकदमै गैर जिम्मेवार तरीकाले भईरहेछ यो भयंकर हो। यो संघीय ढांचा विरूद्ध युद्ध शुरू गर्नु जसो हो। यदि कोर्टले भने सीबीआई जाँचको निम्ति तयार छ।
उनले भने, प्रोटोकलले भन्छ, केन्द्रिय मन्त्रीहरूमाथि हमला भएको २४ घण्टाभित्र विस्तृत रिपोर्ट जारी हुनुपर्छ तर प्रशासन यसो गर्नमा विफल रहेको छ। यसैले राज्य प्रशासनमाथि भरोसा गर्न मिल्दैन र कुनै निष्पक्ष जाँच एजेन्सीलाई यसको जिम्मा सुम्पिनुपर्छ। यसपछि नै कोर्टले राज्य सरकारबाट दुई दिनभित्र यस मामिलामा रिपोर्ट दर्ता गर्नलाई भनेको छ।