ह्याण्डलूम निर्मित गामोछा, मेखला च्यादर र आरनोईको बिक्रीमा रोक

Gamocha-from-Assam.jpg

गुवाहाटी: राज्यमा ह्याण्डलूमलाई प्रोत्साहन दिने र बुनकरहरूको आर्थिक स्थितिलाई बलियो बनाउनका लागि असम सरकारले बुधवारदेखि ह्याण्डलूमबाट बनेको असमिया गमछा, मेखला च्यादर (असमिया महिलाहरूद्वारा लगाइने स्थानीय परिधान) र आरनोई (बोड़ो महिलाहरूद्वारा लगाइने स्थानीय परिधान) को बिक्रीमा पूर्ण रूपमा रोक लगाएको छ।यसलाई लिएर कामरूप (ग्रामीण) जिल्लाको रेशम वस्त्र नगरीको रूपमा विख्यात सुवालकुचीका बुनकरहरूमा खासै खुशी देखिँदैछ। बुनकरहरूले सरकारको यस फसेलालाई लिएर आफ्नो खुशी जाहेर गरेका छन्। राज्यमा ह्याण्डलूमले बनेको गामोछा, मेखला च्यादर र आरनोईको बिक्रीमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। यस पाली रंगाली बिहूको अवसरमा
कुनैपनि व्यापारीले असममा अन्य राज्यहरूमा पावरलूमबाट उत्पादित उपरोक्त वस्त्रहरूको बिक्री गर्न सक्नेछैन। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार एक संवाददाता सम्मेलनमा एक मार्चदेखि यस प्रकारका उत्पादहरूको बिक्रीमा रोक लगाउने घोषणा गरेका थिए।
भारत सरकारको १९८५ को हस्तशिल्प अधिनियम अनुसार, यो यन्त्रीकृत वस्त्र प्रतिबन्धित छ। १ मार्चदेखि प्रभावी मुख्यमन्त्रीको आदेश सम्बन्धित विभागलाई जारी गरिएको छ। वस्त्रनगरी सुवालकुचीका बुनकरहरू सहित राज्यका विभिन्न दल एवं संगठनले लामो समयदेखि राज्यमा अन्य राज्यहरूमा उत्पादित यन्त्रीकृत गामोछा, मेखला च्यादर र आरनोईको बिक्रीलाई बन्द गर्ने माग गरिरहेका थिए यन्त्रीकृत वस्त्रहरूमाथि प्रतिबन्धपछि अब सुवालकुचीका बुनकरहरूमा निक्कै उत्साह देखिँदैछ। मुख्यमन्त्रीले सबै जिल्ला उपायुक्त र जिल्ला पुलिस अधीक्षकहरूलाई यस मामिलामा आवश्यक कारबाहीको आदेश जारी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement