खरसाङ महाविद्यालयमा राष्ट्रिय विज्ञान दिवस पालन

IMG-20230301-WA0281.jpg

खरसाङ: खरसाङ महाविद्यालयमा राष्ट्रिय विज्ञान दिवस पालन गरिएको छ। खरसाङ महाविद्यालयको बोटानी विभाग र माइक्रो बायोलजी सोसाइटी ईण्डियाको संयुक्त आयोजनामा राष्ट्रिय विज्ञान दिवस पालन गरिएको छ। उक्त कार्यक्रम खरसाङ महाविद्यालयको बोटानी विभागको प्रमुख डा शंकर प्रसाद शाहको संयोजकत्वमा सम्पन्न भएको छ। उक्त कार्यक्रम मानिसको लागि किण्वित खाना विषय लिएर गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरू, स्कलरहरू र अन्य विभागका लगाएर जम्मा लगभग ६० जनाले सहभागिता जनाएका थिए। कार्यक्रममा प्रमुख संयोजक एंव सांगठनिक सचिव डा शंकर प्रसाद शाहले यो राष्ट्रिय संगोष्ठीको मुख्य विशेषता र यसको उद्देश्य विषयमा बताएका थिए। उनले किण्वित खानाक विषयमा साथै किण्वित पारम्परिक खाना विषयमा पनि सचेतना गराएका थिए। यसको साथै यसको सामाजिक र आर्थिक महत्व अनि स्वास्थ्य फाइदाहरू विषयमा पनि जानकारी गराएका थिए। डा शंकर प्रसाद शाहले राष्ट्रिय विज्ञान दिवस कार्यक्रम आयोजना सहयोग गरेकोमा माइक्रो बायोलेजी सोसाइटी ईण्डियाको सभापति प्रोफेसर डा अरविन्द देशमुख, खरसाङ महाविद्यालयको प्राचार्य डा समीर बल लगायत महाविद्यालयको विभिन्न विभागको प्राध्यापकगण लगायत शिक्षककर्मीहरू र विद्यार्थीहरूप्रति पनि आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement