तृणमूलद्वारा फेरि विधायकको गाउँमा धरना

4120fd60-390b-41a2-b73d-1a9bb2e129d8

कालचिनीः चियाबारीको श्रमिकहरूले केन्द्र सरकारबाट घोषणा गरेको एक हजार करोड़ रुपियाँको रकम आजसम्म नदिएको औ विधायक र सांसदले चिया श्रमिकहरूको पीएफ समस्या आधारकार्ड संसोधन शिविरको पहल गर्न नसकिएको र विधायक र सांसदको कोषबाट एउटा नाला समेत मरम्मती नभएको भन्दै बुधबारदेखि कालचिनी विधायक विशाल लामाको गाउँ भाटपाड़ा चियाबारीमा आईएनटीटीयूसी लगायत तृणमूल साताली र कालचिनी अञ्चलका समर्थकहरूले धरना शुरु गरेका छन्।
आईएनटीटीयूसी कालचिनी ब्लक सभापति पेमा लामाले विधायकले आजसम्म एउटा सिन्को पनि भाँच्न नसकेको आरोप लगाउँदै तृणमूल सर्वभारतीय महासचिव अभिषेक ब्यानर्जीको निर्देशमा यो धरना प्रदर्शन शुरु गरेको बताएका छन्।
यस सम्बन्धमा आईएनटीटीयूसी कालचिनी ब्लक सभापति पेमा लामाले विधायक र सांसदले आजसम्म चिया श्रमिकहरूको हितमा केही काम नगरेको र चिया श्रमिकहरूको पीएफमा आधारकार्ड समस्या हुँदा पनि विधायक र सांसदले आधारकार्ड संसोधन शिविरको व्यवस्था गर्न नसकेको र भाजपा सरकारले चियाबारीको निम्ति घोषणा गरेको एक हजार करोड़ रुपियाँको हिसाब आजसम्म दिन नसकेकोले तृणमूल आईएनटीटीयूसी तृणमूल चियाबारी श्रमिक यूनियनका समर्थकहरूले विधायक औ सांसदहरूको दलानमा धरना कर्मसूची पालन गर्न बाध्य भएको जनाएका छन्।
अर्कोतिर कालचिनी विधायक विशाल लामाले यो केवल नाटक प्रहसन मात्र तृणमूलले गरीरहेको बताउँदै यदि यस्तै हो भने उनीहरूको सरकार छ उनीहरूले सम्बन्धित कार्यालयमा गएर धरना दियोस् र यदि समस्याको समाधान गर्न चाहन्छन भने कुनै पार्टी कलर नहेरी आऔँ सबै मिलेर यसको पहल गरौँ किन यत्रो नाटक गर्ने भन्दै आफू भाजपाको मात्र नभएर सबैको विधायक हो र समस्या समाधान गर्ने दिशामा राजनीति नगरी कहाँ समस्या छ त्यसलाई खोजी निकाल्ने आह्वान गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *