गान्तोकः केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले आज मंगन जिल्लाको सीमावर्ती गाउँहरूको भ्रमण गरिन्। यस अवधि उनले सेनाका जवानहरूसँग भेट गरेर कुराकानी गरिन्। यस क्रममा उनले पवित्र गुरुदोङ्मार झीलको भ्रमण गर्दै त्यहाँ प्रार्थना गरिन्।
योसँगै केन्द्रिय मन्त्रीले आज लाचेनमा स्थापित गरिएको स्टेट ब्याङ्क अफ् सिक्किमको नयाँ एटीएमको उद्घाटन गरिन्। यस अवधि लाचेनका पिपन, स्टेट ब्याङ्क अफ् इण्डियाका प्रतिनिधिहरूले एटीएमको परीक्षण अनि निरीक्षण गरे। उद्घाटन कार्यक्रममा राज्यका सड़क तथा पूल विभागीय मन्त्री एवं मंगन-लाचेनका विधायक सामडुप लेप्चा, जिल्ला अध्यक्ष कादो लेप्चा, उपाध्यक्ष सोनाम किपु भोटिया, मंगनका जिल्लापाल हेमकुमार छेत्री, पुलिस अधीक्षक छिरिङ ग्याछो भोटिया, जुम्साका सदस्यहरू लगायत अन्यको उपस्थिति रहेको थियो।