सलेसियन कलेजका प्राध्यापक समीप सेञ्जुरी राज्यपालको बाहुलीबाट सम्मानित

IMG-20230301-WA0276.jpg

सोनादा: सलेसियन कलेजका प्राध्यापक समीप सेञ्जुरीले पश्चिम बंगालको राज्यपाल डा सीभी आनन्दा बोसको बाहुलीबाट सम्मान ग्रहण गरेका छन्। सोनादाको डीबी रोड निवासी सुदन सेञ्जुरीको सुपुत्र तथा सलेसियन कलेजको प्राध्यापक एंव एनएसएसको अधिकारी प्राध्यापक समीप सेञ्जुरीले गत गणतन्त्र दिवसको दिन पश्चिम बंगाल राज्यको नेतृत्व गर्दै दिल्लीमा भएको गणतन्त्र दिवसको कार्यक्रममा भाग लिएका थिए। गणतन्त्र दिवसको दिन पश्चिम बंगाल राज्यबाट एनएसएसका चारजना पुरूष र चारजना महिला गरेर आठजनाले भाग लिएका थिए भने उक्त टोलीलाई सलेसियन कलेजका प्राध्यापक समीप सेञ्चुरीले गणतन्त्र दिवसको दिन अगुवाई पनि गरेका थिए। यसै कार्यको लागि बंगाल राज्यको राज्यपाल डा. सीभी आनन्दा बोसको बाहुलीबाट सम्मान प्राप्त गरेका छन्। यस अवसरमा उनी लगायत राज्यको अन्य आठजना पनि राज्यपालबाट सम्मानित बनेका थिए भने उक्त टोलीले राज्यपाल डा. सीभी आनन्दा बोसलाई पनि सम्बर्ध्दना जनाएका थिए। उक्त भेटघाट एंव सम्मान कार्यक्रममा राज्यपालसित गणतन्त्र दिवसको दिन राज्यलाई प्रतिनिधित्त्व गरेका सबैले आफ्ना अनुभवहरू पनि सेयर गरेका थिए। उक्त सम्मान पाएपछि सोनादा आएका प्राध्यापक समीप सेञ्चुरीले पत्रकारहरूसित कुराकानी गर्दै गत गणतन्त्र दिवसमा दिल्लीमा भएको राष्ट्रीय स्तरको कार्यक्रममा पश्चिम बंगाल राज्यको प्रतिनिधित्त्व गर्दै एनएसएसको चारजना पुरूष र चारजना महिलाहरूले भाग लिएका थिए जसको अगुवाई आफुले गरेको र उक्त कार्यको लागि राज्यको राज्यपालबाट आफुहरू सम्मानित भएको बताएका छन्। उनले दिल्लीमा गणतन्त्र दिवसमा भाग लिएको समय गरिएको अनुभवहरू पनि राज्यपालसित सेयर गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement