हर घर स्वनिर्भर कार्यक्रम अन्तर्गत तीनधारे महानदी समष्टिलाई लिएर सभा सम्पन्न

IMG-20230301-WA0259.jpg

खरसाङ: जीटीएको पहलमा हर घर स्वनिर्भर कार्यक्रम अन्तर्गत आज तीनधारे महानदी समष्टिलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा जीटीएका पीआरओ एसपी शर्माको विशेष उपस्थिति रहेको थियो भने मनोनित सभासद प्रणाम रसाईली, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री अनि तीनधारे महानदी समष्टिका भागोप्रमो सभापति राजीव थापा, नारी शक्तिका सचिव भगवती प्रधान राई अनि अन्यहरुको उपस्थितिमा उक्त सभा सम्पन्न भएको छ। सभामा आगमी दिनहरुमा यस क्षेत्रहरुमा मानिसहरुले के कस्तो कामहरू स्वनिर्भर भएर गर्न सक्छ भन्ने विषयमाथि चर्चा परिचर्चा गरिएको छ।

सभामा उपस्थित जन साधारणहरुले आफ्ना आफ्ना विषयहरू र प्रश्नहरू राखेका थिए। हर घर स्वनिर्भर जीटीएको तर्फबाट सहयोग जनसाधारणले पाउने आशा राखेका छन्। यसको साथै यस विषयमा जीटीएको जन सम्पर्क अधिकारी एसपी शर्माले कुरा रख्दै जीटीएको तर्फबाट यस विषयहरुमाथि पहल गरिहाल्ने कुरा राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement