१ मार्चः बोर्डर-गावस्कर टेस्ट सीरीजको तेस्रो टेस्ट म्याचको पहिलो दिन अष्ट्रेलियाको पल्ला भारी रह्यो। इन्दौरको होल्कर स्टेडियममा बुधवारदेखि शुरु तेस्रो टेस्ट म्याचमा भारत आफ्नो पहिलो ईनिंग्समा केवल १०९ रन बनाएर अलआउट भयो। जवाफमा अष्ट्रेलियाले पहिलो दिनको खेल समाप्त हुँदासम्म ४ विकेट गुमाएर १५६ रन बनायो। अष्ट्रेलियाको तर्फबाट पीटर हेण्ड्सकम्ब ७ र क्यामरन ग्रीन ६ रनमा अविजित रहे।यसरी अष्ट्रेलियासँग अहिले पहिलो ईनिंग्सको आधारमा ४७ रनको बढ़त रहेको छ। आज पहिलो दिन पतन भएको १४ विकेटमा १३ विकेट स्पिनरहरूका नाममा रह्यो जबकि भारतको पहिलो ईनिंग्समा मोहम्मद सिराज रन आउट भए। आज टस जितेर पहिला ब्याटिंग गर्दै भारतले अष्ट्रेलियाई स्पिन आक्रमण अघि आत्मसमर्पण गऱ्यो। भारतको तर्फबाट कसैले पनि २२ भन्दा अधिक रन बनाउन सकेनन्। यसमा विराट कोहलीले २२ र शुभमन गिलले २१ रन बनाए। शिकर भरत र उमेश यादवले १७-१७ रनको योगदान दिए। चेतेश्वर पुजारा (१) र श्रेयस अय्यर (०) त आउने र जाने मात्र भए। दशौं नम्बरमा ब्याटिंग गर्ने यादवले २ वटा छक्का र एउटा चौका नलगाएका भए भारतले १००-को आँकड़ा पनि पार गर्न सक्ने थिएन।

अष्ट्रेलियाई बलरहरूमा म्याथ्यू कुहनेमानले सर्वाधिक ५ विकेट लिए। यसबाहेक न्याथन लियोनले ३ र टड मर्फीले १ विकेट लिए। जवाफमा अष्ट्रेलियाले पनि ओपनर ट्रेविस हेड (९)-लाई शुरुमै गुमायो तर उस्मान ख्वाजा (६० रन)-ले अर्द्धशतकको साथ टीमलाई सम्हाले। ख्वाजाले ४ वटा चौका लगाए। यसबाहेक मार्नस लाबुशेनले ३१ र कार्यवाहक कप्तान स्टीव स्मिथले २६ रन बनाए। अष्ट्रेलियाको पहिलो ईनिंग्समा पतन भएको चारैवटा विकेट रविन्द्र जडेजाको नाममा रह्यो।









