हावड़ा शाखामा मरम्मतीको कारण मार्च महिनामा १४ लोकल ट्रेन पूर्ण रूपमा बन्द रहने

15488531767_ec43f8e0bd_b.jpg

कोलकताः भारतको सबैभऩ्दा ठूलो रेलवे मण्डलहरूमध्ये एक हावड़ा शाखामा लिलुआदेखि बर्धमानबीच रेलवे लाइनको मरम्मती कार्यको कारण पूरा मार्च महिनासम्म अर्थात् ३१ मार्चसम्म १४ लोकल ट्रेनहरूलाई रद्द गरिएको छ।

पूर्व रेलवेको तर्फबाट जारी बयानमा यसबारे जानकारी गराउँदै भनिएको छ, लिलुआ बर्धमान लाइनमा हाईस्पीड ट्रेनहरूको सञ्चालनको निम्ति रेलवे लाइनलाई अत्याधुनिक बनाइँदैछ। उच्च गुणवत्ताको ओवरहेड यन्त्र लगाइनेछ। यसैले आज बुधवारदेखि ३१ मार्चसम्म ओवरहेड तारहरूमा बिजुलीको संचालन बन्द राखिनेछ। यस कारण हावड़ादेखि ३७६११, ३७८१५, ३७३४३, ३६०७१, ३७०११, ३६८२५ र ३६०८५ लोकल ट्रेनहरू रद्द गरिएका छऩ्। पण्डुआदेखि जाने ट्रेन ३७६१४ लाई पनि रद्द गरिएको छ। बर्धमानबाट दुई लोकल ट्रेन (३७८३४ र ३७८४०) लाई रद्द गर्न बाहेक सूचीमा तारकेश्वर (३७३५४), गुराप (३६०७२), श्रीरामपुर (३७०१२) र माशाग्राम (३६०८६) बाट एक-एक लोकल ट्रेन सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement