दार्जीलिङ: सन् २०१७ को आन्दोलन पछि निष्क्रिय भएर बसेका राजेश लामा हाम्रो पार्टी सामेल भएका छन्। हाम्रो पार्टीमा सामेल राजेश लामाले भने, ‘गोर्खा जातिलाई हाम्रो पार्टीले मात्र उन्मुक्ति दिनसक्छ।’ राजेश लामा गोर्खाल्याण्डको आन्दोलनमा सक्रिय रहेका थिए। हाम्रो पार्टीका अध्यक्ष अजय एडवडर्सको उपस्थितिमा उनी सामेल भएका हुन्। हाम्रो पार्टीले मात्र उन्मुक्ति दिनुसक्छ भन्ने बुझेर सामेल भएको उनको भनाइ छ।










