सिलगढी: ओडलाबारीबाट बिहार जाँदै गरेको डम्परले नियन्त्रण गुमाएर विद्यालयको बाउन्ड्री पर्खालमा पल्ट्यो। घटना बेलबारी प्राइमरी स्कूल, खोरीबारी, महकुमा, सिलगढीको हो। विद्यालयको चारैतिर पर्खालमा क्षति पुगेको छ । यस घटनालाई लिएर स्थानीयले आक्रोश व्यक्त गरेका छन्।











