महान फूटबलर श्याम शापालाई लाइफटाइम अचीवमेण्ट पुरस्कार

CollageMaker_202331124748793.jpg

१ मार्चः पूर्व भारतीय फूटबलर तथा ब्याकभली किंग श्याम थापालाई २०२३ स्पोर्ट्स्टार एसेस लाइफटाइम अचीवमेण्ट पुरस्कारद्वारा सम्मानित गरियो। मुम्बईको ताज महल प्यालेसमा भएको भव्य कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरियो। उनलाई भारतीय फूटबल टीमका पूर्व कप्तान भाइचुङ भूटियाले पुरस्कार प्रदान गरे। श्याम थापालाई कार्यक्रममा झल्मलाउँदो ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार पनि प्रदान गरियो। देशका अन्यतम् श्रेष्ठ आक्रमण पंक्तिका खेलाड़ीको रूपमा आफ्नो पहिचान बनाउने श्याम थापाले १९७०-को मर्डेका कप र एशियन गेम्समा भारतलाई काँस्य पदक दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले एशियन गेम्समा इण्डोनेशिया विरुद्ध भारतको ३-०-ले जीत अनि मर्डेका टुर्नामेण्टमा मलेशिया विरुद्ध भारतको ३-१-ले जीतको अवधि १-१ गोल पनि गरेका थिए। क्लब करियरमा उनले आफ्नो अधिकांश समय नै ईष्ट बेंगल र मोहन बगानमा बिताए। उनलाई गत वर्ष मोहन बगानको सर्वोच्च सम्मान मोहन बगान रत्नले पनि सम्मानित गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *