लगातार १८औं जीत हासिल गरे नोवाक जोकोविचले

IMG-20230301-WA0101.jpg

१ मार्चः शीर्ष ऱ्यांकिंग भएका खेलाड़ी नोवाक जोकोविचले दुबई टेनिस च्याम्पियनशीपमा चेक गणराज्यका क्वालीफायर टोमस मचेकलाई पराजित गरे। अष्ट्रेलियन ओपनमा दशौंपल्ट खिताब जितेपछि सर्बियाई स्टार जोकोविचको यो पहिलो म्याच थियो। पेशादार टेनिस ऱ्यांकिंगको शीर्ष स्थानमा सबैभन्दा अधिक समयसम्म रहने रेकर्ड (पुरुष र महिला दुवैमा) आफ्नो नाम गरेपछि जोकोविचले पहिलो राउण्डको म्याचमा मचेकलाई ६-३, ३-६, ७-६-ले पराजित गरे। रेकर्डको बराबरी गर्ने २२औं एकल ग्राण्ड स्ल्याम खिताब जितेको केही हप्तापछि खेलमा फर्किने जोकोविचले म्याचको अवधि केही समस्याहरूको पनि सामना गर्नु पऱ्यो। दोस्रो सेट गुमाएपछि उनी तेस्रो सेटमा ४-१-ले अघि थिए तर १३०औं नम्बरका खेलाड़ीले पनि असाधारण पुनारागमन गर्दै निर्णायक सेटलाई टाईब्रेकरसम्म पुऱ्याए।
टाईब्रेकरमा चाहिँ जोकोविचले कुनै गल्ती नगरी म्याच जिते। दोस्रो राउण्डमा उनको भिड़न्त टेलोन ग्रीक्सपूअरसँग हुनेछ। जोकोविचले जारी सीजनमा अहिलेसम्म सबै १३ वटा म्याच जितेका छन्। यसबाहेक उनी गत १८ वटा म्याचदेखि अजेय रहेका छन्। जोकोविच एटीपी ऱ्यांकिंगमा ३७८ हप्ता शीर्ष स्थानमा रहिसकेका छन्।

यसरी उनले जर्मनीकी महान महिला खेलाड़ी स्टेफी ग्राफलाई पछि छोड़े। ग्राफ डब्ल्यूटीए ऱ्यांकिंगमा ३७७ हप्तासम्म शीर्ष स्थानमा रहेकी थिइन्। यसबीच तेस्रो वरीयता प्राप्त दानिल मेदवेदेवले पनि माटियो अर्नाल्डीलाई ६-४, ६-२-ले पराजित गरी लगातार १०औं जीत दर्ता गरे। चौथो वरीयता प्राप्त फेलिक्स आगर आलियासिमले मेक्सिम क्रेसीलाई ७-६, ३-६, ६-३-ले अनि बोटिक वान डी जेण्ड्सशुल्पले छैटौं वरीयता प्राप्त करेन खचानोवलाई ७-५, ६-२-ले पराजित गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *