हाम्रो पार्टीले मात्र गोर्खा जातिलाई उन्मुक्ति गराउँन सक्छ: लामा

IMG-20230301-WA0023.jpg

दार्जीलिङ: गोर्खा जातिलाई हाम्रो पार्टी मात्र उन्मुक्ति दिनु सक्छ यो मनतब्य राजेश लामाले पोखे को हो। छुटटै राज्य गोर्खाल्याण्डको आन्दोलनमा सक्रिया रूपमा खटदै आई रहेको राजेश लामाले आज हाम्रो पार्टीको झण्डा समाए। पार्टी अध्यक्ष अजय एडवाडर्सको विशेष उपस्थितिमा राजेश लामा हाम्रो पार्टीमा सामेल भए।यस अवधि राजेश लामाले आफु २०१७ को गोर्खाल्याण्ड आन्दोलनपछि निष्क्रिय भएर बसेको तिनले जनाए।गोर्खाको मुद्वामाथि जहिले पनि सक्रिया भएर अधि आउँने राजेश लामाले गोर्खा जातिलाई कसले उन्मुक्ति दिनु सक्छ भन्ने दिशामा नजर राख्दै आई रहेका थिए। हाम्रो पार्टीमा सामेल भएपछि राजेश लामाले हाम्रो पार्टीले मात्र गोर्खाहरूलाई उन्मुक्ति दिनु सक्ने आफुले बुझेर आफु पार्टी सामेल भएको तिनले दोहोराए। सत्ता दलको झण्डा थाप्नेहरूमा धेर जस्तो ठेकादारहरू रहेको तिनले बताउँदै जीटीए सभाको विपक्षी दल हाम्रो पार्टीले गोर्खाहरूलाई उन्मुक्तिसंग संगै विकाश कार्यको कार्यमा पनि उतिकै काम गर्नेछ भन्ने आफुले बुझेको लामाले बताए। लोकतन्त्रमा सत्ता पक्षसंग संगै विपक्षी दलको पनि जन सेवाको कार्यमा उतिकै भूमिका रहन्छ। त्यसैकारण गोर्खा जातिको उन्मुक्तिसंग संगै जन सेवा कार्यलाई ध्यानमा राखेर आफु हाम्रो पार्टीमा सामेल भएको हो भन्ने लामाले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *