२८ फरवरीः भारतीय क्रिकेट टीमका अनुभवी पेस बलर जसप्रीत बुमराहले आउँदो इण्डियन प्रीमियर लीग (आईपीएल)-मा हिस्सा लिनेछैनन्। एउटा रिपोर्ट अनुसार, बुमराहलाई ढाड़को चोटबाट मुक्ति पाउन सर्जरी गराउने परामर्श दिइएको छ। यसैकारण उनले आईपीएल मात्र नभएर यस साल अक्टोबर-नोभेम्बर महिना भारतमा हुने आईसीसी वर्ल्ड कप (वनडे) पनि खेल्न नसक्ने सम्भावना रहेको छ। यसको साथमा बुमराह आउँदो ७ जूनदेखि शुरु हुने आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनलबाट पनि बाहिर रहनेछन्। भारत अहिले वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनलमा स्थान बनाउने संघारमा रहेको छ। ढाड़को चोटले गर्दा बुमराहले सेप्टेम्बर २०२२-देखि प्रतिस्पर्धी क्रिकेट खेलेका छैनन्। बेंगलुरुमा स्थित राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए)-मा बीसीसीआई-को चिकित्सा टीमले बुमराहको उपचार गरिरहेको छ। यसै क्रममा चिकित्सकहरूले ढाड़को तल्लो हिस्सामा बारम्बार बल्झिने चोटबाट मुक्त हुन बुमराहलाई सर्जरी गराउने परामर्श दिएका छन्। बीसीसीआई-ले अब एनसीए र बुमराहसँग सरसल्लाह गरी यसबारे चाँड़ै फसेला लिनेछ। ढाड़को चोटले गर्दा नै बुमराह गत वर्ष भएको आईसीसी टी२० वर्ल्ड कपबाट पनि बाहिर रहेका थिए।