गान्तोक: नाम्ची पब्लिक स्कूलले मंगलबार एक विशेष कार्यक्रमबीच योग्य युवा प्रतिभाशाली विद्यार्थीहरुलाई प्रतिबद्धता, आत्मविश्र्वास र योग्यताका साथ स्कूललाई नेतृत्व गर्ने जिम्मेवारी सुम्पियो। यसरी शैक्षिक सत्र २०२३ को लागि स्कूल कप्तान, प्रिङ्गेक्ट, हाउस कप्तान र क्लास कप्तानको जिम्मेवारी दिइएको हो। यस अवसरमार्ङ्गत नेतृत्व गर्न विद्यार्थीहरु निकै उत्साही थिए। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक रेभ. स्टेनी सेक्वीराले निर्वाचित सदस्यहरुलाई शपथग्रहण गराए। निर्देशक रेभ. जर्ज ए डिसुजाले उनीहरूलाई ब्याज प्रदान गरेका थिए। सपथ ग्रहण गर्दै विद्यालयका मनोनित कप्तान एन्जल छोतेन मोन्पा र अभिलेश गदाइलीलगायत प्रिङ्गेक्ट्स र हाउस कप्तानहरुले ठूलो उत्साहका साथ आफ्नो प्रतिबद्धता व्यक्त गरे। प्रधान अध्यापकले आफ्नो सम्बोधनमा विद्यार्थीहरुलाई आफ्नो कर्तव्य वहन गर्दा स्पष्ट र पारदर्शितापूर्वक पालन गर्ने आग्रह गरे। उनले जिम्मेवारीलाई उत्कृष्टता प्रदान गर्ने र स्कूलको आदर्शतालाई सधैँ शिरोपर राखेर काम गर्ने सल्लाह दिए।