नाम्चीमा करियर काउन्सिलिङ तथा सचेतना कार्यक्रम

IMG-20230228-WA0338.jpg

गान्तोक। नाम्ची जिल्ला अन्तर्गत रहेको चाइल्ड केयर सेण्टरका बालबालिकाका लागि करियर काउन्सिलिङ तथा सचेतना कार्यक्रम आज अफिसर्स क्लबमा सम्पन्न गरियो। दीनदयाल उपाध्याय ग्रामीण कौशल योजना अन्तर्गत राज्य क्षमता विकास संस्थान, कौशल विकास विभागले नाम्ची जिल्ला बाल संरक्षण इकाईको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा डीसीपीओ रोशनिला गुरुङ, अधिकृतहरु वाङ्ग्याल तामाङ, स्रोतवक्ता स्मिता राईको उपस्थिति थियो। सुरुमा रोशनिला गुरुङले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारिन्‌। जुन विशेष गरी बालबालिकाहरूलाई उनीहरूको करियर छनोट गर्न मद्दत गर्न प्रेरित गर्नु थियो। उनले स्रोतवक्ताको भूमिकालाई जोड दिँदै भनिन्‌, उनीहरू प्रशिक्षित पेशेवरहरू हुन्‌ जसले सही क्यारियर मार्गमा मार्गदर्शन प्रदान गर्नेछन्‌। स्मिता राईले युवाहरु भविष्यमा रोजगारदाता बन्न सक्ने भएकाले उनीहरुमा उद्यमशीलता र सीपको विकास आवश्यक रहेको बताइन्‌। उनले आफ्नो जोश पछ्याएर कडा परिश्रम गरे सङ्गल हुन सकिने बताइन्‌ र विशेष गरी बालबालिकालाई व्यवस्थापन सीप हासिल गराउऩ सके आत्मनिर्भर उद्यमी बन्न सहयोग गर्ने बताइन्‌।

विभिन्न सरकारी उद्यमशीलता योजनाहरूमा नामांकन गरेर वा उनीहरूको छुट्टीको समयमा नेटवर्क तयार गर्न, उनीहरूको प्रेरणा बढाउन, उनीहरूको सुधार गर्न र उनीहरूको सीपहरू विकास र परिष्कृत गर्न मद्दत गर्नुपर्ने उल्लेख गरिन्‌। अर्जुन मुखिया र अनिल शर्माले विभिन्न अवसरहरूबारे बताउँदै कौशल विकास विभाग अन्तर्गत बेरोजगार युवाहरूलाई सक्षम बनाउनु उनीहरूलाई रोजगारी योग्य सीपहरू सिकाएर व्यावसायिक वृद्धिको लागि राम्रो अवसरहरू प्रदान गर्दै दिगो जीवनयापनको लागि मौका बढाउने बताए। १८ देखि ३५ वर्ष उमेरका उम्मेदवारहरूलाई न्यूनतम आठौं कक्षा पढ़ेकालाई विभिन्न कार्यक्रमका लागि ससहयोग गर्न सक्ने जानकारी दिए।

About Author

Advertisement