सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङसित हाम्रो पार्टीको भेट

00-1-e9146d15-e40b-42b0-bc56-5c60d1e64dc1

दार्जीलिङ: जातीय हितमा एकवद्ध बन्ने सन्देश लिएर हाम्रो पार्टीका अध्यक्ष अजय एडवडर्सले सिक्किमका पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङलगायत अन्य बुद्धिजीविहरूसँग भेट गरेका छन्। यसबर्मा हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरेर यसरी भनेको छ, ‘सिक्किमका  नेपालीहरूमाथि आइपरेको संकटलाई भारतीय नेपालीहरूले आफूहरूमाथि नै आइपरेको संकट सम्झेर भारतव्यापी विरोधको आवाज उठेको थियो। भारतीय गोर्खाहरूको एक स्वर देशभरी नै गुन्जिएपछि केन्द्रीय गृह मन्त्रालय, सिक्किम सरकारलगायत अन्य संघ-संस्थाहरूद्वारा दर्ता गरिएको याचिकामाथि सर्वोच्च न्यायलयले सिक्किमे नेपाली भाषीहरूमाथि लागेको विदेशको लान्छनालाई हटायो। सिक्किमे नेपाली भाषीहरूलाई जस्तै बङ्गालका एक जिम्मेवार मन्त्रीले गोर्खा एंव नेपाली भाषाहरूलाई अनुप्रवेशकारीको संज्ञा दिएका छन्l भारतीय नेपाली एंव गोर्खाहरूमाथि बारम्बार लाग्ने गरेको विदेशी एंव अनुप्रवेशकारी जस्ता आरोप र लान्छनाहरूको विरोध गर्न एकवद्ध हुनपर्छ भन्ने सन्देश लिएर सिक्किमका पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङसँग हाम्रो पार्टीक अध्यक्ष अजय एडवाडर्सले भेट गरेl’ हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स अनि उनको टोलीले सिक्किम विश्व विधालयका प्रा0 डा. धनराज छेत्री, डाक्टर सन्तोष राई, डा. बुद्ध लामा, डा. विधान लामा, डा. सुदर्शन तामाङलाई पनि भेट गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement