गान्तोकः केन्द्रिय वित्तमन्ती निर्मला सीतारमण र सिक्किम विश्वविद्यालयका विद्यार्थीहरूमाझ २७ फरवरी, 2023 मा गान्तोकस्थित चिन्तन भवनमा एक अन्तरक्रियात्मक सत्र आयोजन गरियो। कार्यक्रममा सिक्किम विश्वविद्यालयका विभिन्न विभाग र यसका विभिन्न विषयमा सम्बद्ध कलेजहरूका लगभग ३०० विद्यार्थीहरूले अन्तरक्रियामा भाग लिए। यस अवसरमा सिक्किमका मुख्य सचिव श्री विजय भूषण पाठक र सिक्किम सरकारको शिक्षा विभागका अतिरिक्त मुख्य सचिव रवीन्द्र तेलाङ पनि उपस्थित थिए। सिक्किम विश्वविद्यालयको सङ्गीत विभागद्वारा राष्ट्रिय गीतबाट कार्यक्रम शुरु भएको थियो। विश्वविद्यालयका उपकुलपति प्रो. अविनाश खरेले स्वागत मन्तव्य राख्दै सिक्किममा केसर खेतीमा विश्वविद्यालयको योगदानको विशेष सन्दर्भ उठान गर्दै सिक्किम विश्वविद्यालयको प्रगति र उपलब्धिबारे संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको जानकारी पीआईबीले दिएको छ।

वित्तमन्ती निर्मला सीतारमणले विद्यार्थीहरूलाई सम्बोधन गरिन्। उनले आफ्नो अन्तरक्रियामा युवाहरूको उत्साह र उर्जामाथि जोङ् दिँदै भारतका युवाहरूमा रहेको विशाल सम्भावनाबारे अवगत गराइन्। उनले जोड् दिँदै भारतका नागरिकको सम्भाव्यतासँग जोडिएका सबै क्षमताका साथ ‘सबका साथ, सबका विकास, सबका विश्वास, ‘सबका प्रयास-को आदर्शप्रति प्रतिबद्धतासहित भारतलाई एक साँचो विकसित राष्ट्र एवं समावेशी विकासका लागि केवल एक सामान्य धक्का चाहिने बताइन्। ‘उनको भाषणपछि सिक्किम विश्वविद्यालयका विद्यार्थीहरूसँग एक धेरै फलदायी अन्तरक्रियालक सत्र आयोजन गरियो, जसमा बजेट पश्चात् उत्तर-पूर्वका लागि बजेट आवन्टनमा नीति निर्माताहरूले कृषि जस्ता अन्य केही पारम्परिक व्यवसायलाई युवाहरूका लागि अधिक आकर्षक बनाउन सकिने जस्ता महत्त्वपूर्ण प्रश्नहरू सामेल थिए। विद्यार्थीहरूले वैश्विक आर्थिक सङ्कटमा भारतको तयारी, एनईपी कार्यान्वयनमा वित्त विभागको भूमिका, बढ्दो शहरीकरणबीच आदिवासी समुदायको सांस्कृतिक धरोहरको संरक्षण आदिसित सम्बन्धित प्रश्नहरू पनि उठाइयो। केन्द्रिय वित्तमन्तरीले सबै प्रश्नको सकारात्मक जवाफ दिँदै विद्यार्थीहरूले सोधेका आवश्यकता र समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्न सरकारले लागू गरिरहेका विभिन्न नवीन योजना र पहलबारे पनि कुरा ‘गरिन्।