जी २० सम्मेलनमा सिक्किमले विभिन्न विषयमाथि ध्यान केन्द्रित गराउनेछः मुख्य सचिव पाठक

Untitled-1-copy-47

गान्तोकः आगामी मार्च महिनामा गान्तोकमा सम्पन्न हुने जी२० को आज कर्टेन रेजर कार्यक्रम सम्पन्न भयो। राजधानीको टाशीलिङ सचिवालयको प्रेक्षागृहमा सम्पन्न भएको पत्रकार सम्मेलनको अवसरमा जी२० को कर्टेन रेजर शुरू भएको राज्यका मुख्य सचिव भीबी पाठकले जानकारी गराए। ‘उनले बताए अनुसार, आगामी दिनमा सम्पन्न हुने जी२० सम्मेलनको हाल युद्धस्तरमा तयारी चलिरहेको छ। यस कार्यक्रमको निम्ति राज्य सरकार गत केही महिना अघिदेखि नै तयारीमा जुटेको उनले बताए।उक्त सम्मेलनमा विशेष गरेर बिजिनेश २० र स्टार्टभप २०-मा रहेको छ।

मुख्य सचिव पाठकले बताए अनुसार, सिक्किमले आफ्नो विशेषताहरूलाई विश्वसमक्ष प्रचार राखको निम्ति यो ‘एउटा सुनौलो अवसर हो। उक्त सम्मेलनमा सरकारको पक्षबाट जलविद्युत परियोजना र औषधि कारखानामा ‘लगानीको निम्ति खुल्लारूपमा प्रतिनिधिहरूलाई स्वागत जनाउने भएको छ। मुख्य सचिव पाठकले विश्वका १९ वटा देश र युरोपियन काउन्सिलबाट आउने प्रतिनिधिहरू समक्ष सिक्किम राज्यले औषधी उद्योग र जलविद्युत उत्पादनको क्षेत्रमा आफ्नो क्षमतालाई राम्रोसित मार्केटिङ गर्न सक्ने बताए। उनले बताएअनुसार वर्तमानमा देशमा निर्माण हुने कूल औषधीको अधिकतर सिक्किमका विभिन्न औषधी ‘कारखानाहरूमा निर्माण हुन्छ भने हिमाली राज्य सिक्किमले २२०० मेगावट जलविद्यूत उत्पादन गर्ने गरेको छ।

यसरी नै देश विदेशमा पहिलेदेखि नै निक्कै परिचित सिक्किमको पर्यटन उद्योगलाई अझ प्रचार गर्ने पनि यो राम्रो अवसर रहेको उनले थप बताए। यसको साथै वन एवं पर्यावरण साथै जैविविधताको क्षेत्रमा सिक्किम राज्यले गेरको प्रगती बारे पनि विश्वका विभिन्न देशमा संदेश पुन्याउन सकिने उनको भनाइ रहेको छ। अर्कोतिर जैविक खेती सिक्किम राज्यले विश्वलाई देखाउनसक्ने अर्को एउटा महत्वपूर्ण उपलब्धी रहेको बताउँदै राज्यका विभिन्न जैविक उत्पादको पनि यस सभाअवधि राम्रोसित मार्केटिङ गर्ने सकिने मुख्य सचिवले आफ्नो सम्बोधनमा बताए। सभालाई लिएर राज्य सरकारले गर्दै गरेको तयारीको बारेमा बोल्दै अहिले विशेष गरेर राजधानी गान्तोक र गान्तोकको पनि विशेष गरेर एमजी मार्गको सुन्दरीकरणको काम धमाधम भइरहेको मुख्य सचिव पाठकले जानकारी गराए।

उल्लेखनीय छ, हिजो मात्र सिक्किम सरकारको शहरी विकास विभागले एउटा अधिसूचना जारी गरेर जी२० को तयारीलाई ध्यानमा राखेर आगामी ५ देखि १९ फरवरीसम्म एमजी मार्गको मध्य भाग सर्वसाधरणको निम्ति बन्द गरिने जानकारी गराएको छ। यस क्रममा एमजी मार्गमा केही स्थायी पूर्वाधार पनि जडा्न गरिने आज मुख्य सचिवले बताए। अर्कोतिर शहरका सङ्कहरूको मरम्मती र सुन्दरीकरणको कार्य पनि युद्धस्तरमा भइरहेको ‘उनले थप जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement