हाम्रो पार्टीद्वारा विधायक बीपी बजगाइप्रति आभार प्रकट

00-1-IMG-20230228-WA0270

दार्जीलिङ: पश्चिम बङ्गालको विधानसभामा अलग राज्यको माग राखेको भन्दै खरसाङक विधायक बीपी बजगाइप्रति हाम्रो पार्टीले आभार प्रकट गरेको छ। हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्डस, महासचिव फुर्तेम्बा भोटिया, सभासद प्रतिम सुब्बा, सभासद रोबर्ट छेत्री, अञ्जनी शर्मा आदिले विधायक  बीपी बजगाइको घरमा पुगेर आभार प्रकट गरेका छन्। २० फरवरीमा राज्यको सत्तारुढ दल टीएमसीले बङ्गाल विभाजनविरुद्ध विधानसभामा प्रस्ताव पारित गर्दा विधायक बीपी बजगाइले विरोध जनाउँदै अलग राज्य गोर्खाल्याण्डको माग गरेका थिएl हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरेर यसो भनेको छ, ‘बङ्गाल विधानसभाको इतिहासमा शायद निडर प्रकारले गोर्खाहरुको मागलाई राख्न सफल भएको पहिलो पटल हुनसक्छl   विधानसभामा राज्यको एकजना जिम्मेवार मन्त्रीले गोर्खाहरुलाई अनुप्रवेशकारी अनि आदिवासीहरुलाई अप्रवासी भनेका थिए। विधायक बजगाइले मन्त्रीको गैर जिम्मेवार बयानको गतिलो जवाफ पनि दिएका थिएl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement