सिमलबारीमा भागोप्रमोको श्रमिक संगठनको सभा अनि सिमलबारी स्तरीय कमिटी गठन

IMG-20230228-WA0329.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सुकना पानीघट्टा समष्टिको सिमलबारी सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियनको सभा समष्टि सभापति नित्यन छेत्रीको अध्यक्षमा सम्पन भयो। उक्त सभामा नै चिया बगान श्रमिकहरुको समस्यालाई समाधान गर्न हेतु हिल तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियन सिमलबारी शाखा समिति गठन गरिएको छ। उक्त समितिमा सभापति उबर बारीक, सचिव कल्याण बाकदास लगायत ४१ जना कार्यकारिणी सदस्यहरू लिएर शाखा समिति गठन गरिएको छ।

उक्त सभालाई हिल तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले विशेष सम्बोधन गरेका थिए भने स्वागत समभाषण सुकना पानीघट्टा समष्टिको सभासद परेश तिर्कीले राखेका थिए। सभामा खरसाङ महकुमा संगठनिक सचिव रूद्र प्रधान, सह सचिव एमबी घले, प्रचार प्रसार सचिव बसन्त कुलुङ राई, श्रमिक संगठन केन्द्रीय समिति सदस्य मण्डल छेत्री, दिलीप छेत्री लगायत स्थानीय प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। सभालाई सञ्चालन समष्टि सचिव बिक्राउ दर्जीले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement