जातीय हितमा एकबद्व बनौम भन्ने सन्देश लिएर चामलिङ लगायत अन्य बुद्विजीविहरूसँग हाम्रो पार्टीको टोलीद्वारा भेट

IMG-20230228-WA0325.jpg

दार्जीलिङ: जातीय हितमा एकबद्व बनौं भन्ने सन्देश लिएर हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले सिक्किमको पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङ लगायत अन्य बुद्विजीविहरूसँग भेट गरेका छन्। गत केही दिन अघि सिक्किमका नेपालीहरूमाथि आई परेको संकटलाई भारतीय नेपालीहरूले आफुहरूमाथि नै आईपरेको संकट सम्झेर भारतव्यापी विरोधको आवाज उठाएका थिए।भारतीय गोर्खाहरूको एक स्वर देशभरि नै गुन्जिएपछि केन्द्रीय गृह मन्त्रालय,सिक्किम सरकार लगायत अन्य संघ संस्थाहरूद्वारा दर्ता गरिएको याचिकामाथि सर्वाेच्च न्यायलयले सुनाई गर्दै सिक्किमे नेपाली भाषीहरूमाथि लागेको विदेशीको लाञ्छानालाई सर्वोच्च न्यायलयले हटाए।सिक्किमे नेपाली भाषीहरूलाई जस्तै बंगालको एक जिम्मेवार मंत्रीले गोर्खा एंव नेपाली भाषाहरूलाई अनुप्रवेशकारीको संज्ञा दिएका छन् अनि यो संज्ञा राज्यको एकजना मन्त्रीले विधान सभामा उँभिएर दिएका हुन्।भारतीय नेपाली एंव गोर्खाहरूमाथि बारम्बार लाग्ने गरेको विदेशी एंव अनुप्रवेशकारी जस्ता आरोप र लाञ्छानाहरूको विरोध गर्न एकबद्व हुनुपर्छ भन्ने सन्देश लिएर आज सिक्किमको पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङसँग हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले भेट गरेका छन्।यस अवधि अध्यक्ष अजय एडवाडर्ससँग हाम्रो पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया, सभासद रोबर्ट छेत्री,अन्जली शर्मा,रितेश पोर्तेल आदि सामेल थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड अनि उनको टोलीले पूर्व मुख्यमन्त्री चामलिङ लगायत सिक्किम विश्व विधालयको प्रा डाक्टर धनराज छेत्री, डाक्टर सन्तोष राई, डाक्टर बुद्व लामा,डाक्टर विधान लामा, डाक्टर सुदर्शन तामाङ आदिसँग पनि भेटवार्ता गरेका छन्। यसै सन्द्रर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले सिक्किमको पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङको यो भेटवार्ता राजनैतिक भेटवार्ता नभएर हामी गोर्खा जातिलाई आईपरेको बेलामा एकबद्व हुनुपर्छ भन्ने सन्देश लिएर भेट गरेको बताए।

त्यसरी नै सिक्किमको अन्य बुद्विजीविहरूसँगको भेट पनि गोर्खा जातिको हितमा हामी सबै एकबद्व हुनुपर्छ भन्ने सोच लिएर आजको यो भेटवार्ता रहेको अध्यक्ष एडवर्डले बताए। उनले अघि भने, भारत जस्तो महान् देशमा हामी गोर्खाहरू नगण्य छौं। यस्तो स्थितिमा जातिको सुरक्षाको निम्ति हामी एकबद्व हुन अति नै जरूरी छ।

About Author

Advertisement