एक दिने अञ्चल कार्यक्रममा सभाधिपति शीला दास सरकार

e57eac01-c10a-41d3-a4e7-07f648a1a114


कालचिनीः दिदीको सुरक्षा कवच अन्तर्गत दिदीको दुतको रुपमा मंगलबार अलिपुरद्वार जिल्ला परिषदको सभाधिपति शीला दास सरकार कालचिनी खण्डको लोथाबारी अञ्चलको परिभ्रमणमा आईपुगेकी थिईन। तिनले लोथाबारी अञ्चलभित्र पर्ने विभिन्न ठाउँहरूमा भ्रमण गर्ने क्रममा स्थानीय बासिन्दाहरूको गुनासो र समस्या सुन्दै यसको विवरण लिएर शीघ्र यसको समाधान गर्ने आश्वासन दिएकी थिईन।
यस क्रममा पत्रकारहरूसितको कुराकानीमा तिनले लोथाबारी ग्रामीण अस्पतालमा परिसेवा सबै ठीक रहेको र यहॉं एकजना गाइनोकोलोजिस्ट र चाइल्ड स्पेशलिस्ट चिकित्सकको दरकार रहेको यसको निम्ति सम्बन्धित विभागमा कुरा राखिने औ यस अञ्तलमा पानीको सर्वराहको सबै कुरा व्यवस्थित भइरहेको र अझै पाइपलाइन ठीकठाक गर्ने बताईन्। एकदिने अञ्चल भ्रमण कार्यक्रममा लोथाबारी अञ्चलको भ्रमण भएको र आगामी दिन अर्को अञ्चलहरूको भ्रमण हुने जनाएकी छन्। तृणमूल सुत्रले जनाए अनुसार आगामी ६ मार्चसम्म एकदिने अञ्चल भ्रमण कार्यक्रममा दिदीको दुतको रुपमा विभिन्न नेतृत्व कालचिनी खण्डको ११ वटा अञ्चलमा आउने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement