तीन दिवसीय शिक्षक कार्यशालाको आयोजना

b990e429-8b92-4966-bc17-abbeff69b941


कालचिनीः अलिपुरद्वार जिल्ला परिषद, कालचिनी पञ्चायत समिति औ मेन्दाबारी ग्राम पञ्चायतको संयुक्त आयोजना एवम् अहेड इनिसिएटिभको सहयोगितामा मंगलबारदेखि कालचिनी पञ्चायत समितिको सभागृहमा तीन दिवसीय शिक्षक कार्यशालाको आरम्भ भएको जानकारी अहेड इनिसिएटिभको अलिपुरद्वार जिल्ला सिनियर फील्ड म्यानेजर मानिक सिंहले दिएका छन्| उक्त कार्यशालाको उद्घाटन समारोहमा कालचिनी बीडीओ लगायत अलिपुरद्वार जिल्ला डीआई सेकेन्डरी आशानुल करीम, कालचिनी एसआई एवम् कार्यशालाको प्रशिक्षक पूर्व उपनिर्देशक शिक्षा विभागका दिव्य गोपाल घटक र अहेड इनिसिएटिभको प्रतिनिधि मनिक सिंहको प्रमुख उपस्थिति रहेको थियो|
कार्यशालामा कालचिनी खण्डको प्रायः २० वटा स्कूल औ ६ वटा एसएसकेका शिक्षक शिक्षिकाहरूले अंशग्रहण गरेको थियो भने स्कूलमा भर्ना भएको स्कूले नानीहरूलाई कसरी उनीहरूको शैक्षिक योग्यतामा वृद्धि ल्याउन सकिन्छ अनि शिक्षाशास्त्रको विभिन्न नियमहरू समेटेर नानीहरूलाई सक्रिय बनाउन सक्ने पद्धतिमाथि जोड़ दिनलाई यो कार्यशालाको आयोजना गरिएको र आगामी २ मार्चसम्म यो चल्ने बताईएको छ|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement