खरसाङको सिंगेल-काफीबारी क्षेत्रको लागि करोडौं रुपियाँको पिउने पानीको शिलान्यास

IMG-20230228-WA0320.jpg

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अधीनस्थ रहेको पीएचई विभागमार्फत् खरसाङ महकुमाको टुंग-सन्त मेरिज समष्टि अन्तर्गत पर्ने सिंगेल-काफीबारी क्षेत्रको निम्ति पिउने पानीको शिलान्यास कार्यक्रम सम्पन्न गरियो। ९ करोड ३१ लाख २२ हजार ३५३ रुपियाँको लागतमा रहेको उक्त जल परियोजनाको शिलान्यास जीटीएको कार्यकारी सभासद अनोश थापा, टुंग-सन्त मेरिज समष्टीका सभासद नुरी शेर्पा साथै पीएचई विभागका कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीको उपस्थितिमा उक्त शिलान्यास कार्यक्रम सम्पन्न गरियो। शिलान्यास कार्यक्रममा कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले उक्त जल परियोजनाको विस्तृत विवरण प्रस्तुत गरेका थिए। कार्यकारी सभासद अनोश थापाले आफ्नो सम्बोधनमा अब सिंगेल-काफीबारी क्षेत्रको वासिन्दाहरुका निम्ति पिउने पानीको समस्याको सामाधान चाढै हुने मन्तव्य प्रकट गरे। त्यसरी नै समष्टिका सभासद नुरी शेर्पाले यसरी ग्रामीण क्षेत्रको विकासको कार्यहरु द्रुत गतिमा भइरहेको र चियाबारीका वासिन्दाहरुको निम्ति पर्जापट्टा लगायत अन्य धेरै विकासमूलक कार्यहरु भइरहेको पनि आफ्नो सम्बोधनमा राखे।

समष्टि सचिव ललित मुखियाले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए। स्थानीय सिंगेल कोठीधुरा सार्वजनिक भवनमा सम्पन्न भएको शिलान्यास कार्यक्रममा पीएचई विभागका विभागीय अधिकारीवर्ग, भागोप्रमो खरसाङ महकुमा युवा शक्ति सभापति पेमेन्द्र गुरुङ, टुंग-सन्त मेरिज समष्टिका सचिव ललित मुखिया, समष्टि युवा शक्ति सभापति उर्गेन घिसिङ, सचिव दिपेश तामङ, भागोप्रमो सदस्य सहदेव तामङ, सदस्य दिलिप गजमेर, महकुमा सदस्य असीम थापा लगायत धेरै ग्रामवासीहरुका उपस्थिति रहेको थियो। कार्यक्रमलाई भागोप्रमो सदस्य सञ्जीब सुब्बाले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement