कोलकाताः स्कूल सेवा आयोग-एसएससीले अब विद्यमान प्रतिक्षा सूचीबाट ग्रुप ‘डी’का कर्मचारी नियुक्ति प्रक्रिया शुरु गरेको छ। यसलाई लिएर न्यायाधीश अभिजीत गांगुलीले मङ्गलबार एसएससीलाई यस सम्बन्धमा सर्तक गराउनुभएको छ। उहाँले भन्नुभयो, ‘वेटिङ लिस्ट गङ्गाजल होइन। यसमा पनि धेरै किसिमको धाँधली हुनसक्छ। जसको नियुक्ति भएको छ उनीहरूको राम्रोसँग जाँच गर्न आवश्यक छ।’ न्यायमूर्ति अभिजीत गांगुलीको आदेशमा १९११ जना ग्रुप ‘डी’ कर्मचारीहरूको नोकरी खारेज गरिएको छ अनि उनीहरूलाई उनीहरूको तलब फिर्ता गर्न भनिएको छ। उनीहरुको ठाउँमा वेटिङ लिस्टबाट रिक्त पदमा नियुक्ति गरिनेछ। उच्च अदालतले यसअघि नै यस्तो आदेश दिएको थियो। यस सम्बन्धमा न्यायाधीशले नियुक्तिको समयमा निक्कै होसियार हुनुपर्ने बताउनुभयो।