सिलगढी: हिमालयन आई इन्स्टिच्युटद्वारा रामकृष्ण वेदान्त आश्रम, सिलगढीमा नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरियो। प्रत्येक महिनाको दोस्रो शनिबार नि:शुल्क चेकअप शिविर सञ्चालन गरिने संस्थाले जानकारी दिएको छ। उक्त शिविरमा सयौंको संख्यामा सहभागी भई शिविरको लाभ लिएको जनाइएको छ। उल्लेखनीय छ कि सिलगढीको निवेदिता रोडमा रहेको रामकृष्ण आश्रमले वर्षैभरि खाँचोमा परेका मानिसहरूको सेवा गर्ने काम गर्छ।