विधायक बजगाइले पार्टीदेखि माथी उठेर जातीको हितमा काम गरेको छ: अजय एडवर्ड
दार्जीलिङ: बङ्गाल विधानसभामा गोर्खाहरूको युगौँ पुरानो माङ्गलाई निडर प्रकारले राख्न समक्ष भएकोमा खरसाङको विधायक बिपी बजगाइलाई हाम्रो पार्टीले आभार जनाएको छ।हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डस,महासचिव फुर्तेम्बा भुटिया,सभासद प्रतिम सुब्बा, सबासद रोबर्ट छेत्री, अन्जनी शर्मा आदिले विधायल बिपी बजगाइको घरमा पुगेर उनलाई खदा लगाउदै आभार जनाए। गत केही दिन अघि राज्यको सत्ता दल तृणमुल कङ्ग्रेसले बङ्गाल विभाजन विरोध प्रस्ताव विधानसभामा पेश गरेका थिए। त्यस अवधी विधाय बिपी बजगाइले पार्टी भन्दा जाती ठूलो भन्ने विषयलाई कार्य रुपमा परिणत गर्दै गोर्खाहरूको युगौ पुरानो माङ्गलाई निडर प्रकारले राख्न सफल भएअका थिए। बङ्गाल विधानसभाको इतिहासमा सायद यति निडर प्रकारले गोर्खाहरूको मागलाई राख्न सफल भएको पहिलो पटल हुन सक्छ।विधानसभामा राज्यको एक जिम्मेवार मन्त्रीले गोर्खाहरूलाई अनुप्रवेशकारी अनि आदिवासीहरूलाई अप्रवासी बताएको थिए। विधायक बजगाइले मन्त्रीको गैर जिम्मेवार बयानको गतिलो जवाफ पनि दिएला थिए। यसै सन्दर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले बङ्गाल विधानसभामा निडर प्रकारले गोर्खाहरूको माग राख्ने सायद बिपी बजगाइ पहिलो विधायक हुन सक्छ भन्ने बताए। तिनले अघि भने विधायक बजगाइले पार्टी देखि माथि उठेर जातीको पक्षमा विधानसभामा कुरा राख्न सफल भएका छन्।

स्मरण रहोस रहल सत्ता दल तृणमुल कङ्ग्रेसले विधानसभामा बङ्गाल विभाजन विरोध प्रस्ताव पारित गरेलो र राज्यलो एक जिम्मेवार मन्त्रीले गोर्खाहरूलाई अनुप्रवेशकारी बताएको विरोध जनाउँदै जीटीएको निर्वाचित ९ जना सभासदहरूले गोर्खा रङ्ग मञ्च भवनको अघितिर शहिदवेदीमा १२ घण्टाको अनशन बसेका थिए।यसको साथै दार्जिलिङ लगायत खर्साङ्ग, कालेबुङ, मिरिक आदि क्षेत्रहरूमा पनि मन्त्रीको गोर्खा विरोधी बयानको विरोध जनाउँदै पोस्टरहरू टाँस्ने काम गरेको थियो। आज पनि हाम्रो पार्टीले बङ्गाल विभाजन विरोध प्रस्ताव र राज्यको जिम्मेवार मन्त्रीको गोर्खा विरोधी बयानको घोर विरोध जनाउँदै आइरहेको छ।