दार्जिलिङ: छोडिएका भोलेन्टीयर्स टिचर्स संगठनले आज दार्जिलिङस्थित जिल्ला स्कूल निरीक्षकको कार्यालय घेराव गरेका छन्। उक्त संगठनले कार्यालय घेराव साथै कार्यालय अघि धरणा पनि दिएका छन् भने संगठनको पक्षबाट विभिन्न मांगहरूमा ज्ञापन पत्र पनि बुझाएका छन्। उनीहरूले दार्जिलिङ जिल्ला स्कूल निरीक्षकलाई २ दिनको अल्टीमेटम पनि दिएका छन्। जीटीएको दार्जिलिङ र कालेबुङ जिल्लाको छोडिएका भोलेन्टीयर्स टिचरहरूका २०२०-२१ मा नै सुकनामा भेरिफिकेशन भईसकेको भए पनि अहिलेसम्म पनि कुनै रिपलाई नआएको संगठनको सदस्य बिशाम राईले बताएका छन्। उनले कुनै उत्तर नआएपछि आज सबैजना भेला भएर किन भेरिफिकेशनमा यत्ति समय लागेको भन्ने प्रश्नको उत्तर खोजिएको पनि बताएका छन्। राईले भने, हामीले पहाड़मा रिजनल एसएससी लागु गराउने कुराको विरोध गरेको होइन जुन अहिले लागु हुनेवाला छ। तर हामीले धेरैवटा स्कूलहरूमा विगत ६-७ वर्षदेखि आफ्ना योगदान दिन्दै आएका छौं। त्यसैले पहिला हाम्रो समस्या समाधान होस् त्यसपछि एसएससी लागु गरियोस्। हामी सबै यहाँ भेला भएको कारण नै हाम्रो समस्या समाधान होस् भनेर हो। तर हामी कुनै हिंसा नगरी लोकतान्त्रिक पध्दतिमा विरोध गर्दछौं।’