गाँजा सहित चालक पक्राउ

5079.jpg

राजगञ्ज: गाँजा सहित एकजना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पुलिसले पक्राउ गरेको व्यक्ति बिहार निवासी रञ्जीत कुमारको रूपमा चिन्हित गरिएको छ। सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेसल अपरेसन ग्रुप (एसओजी) तथा आमबारी आउटपोस्ट पुलिसले हिजो साँझ संयुक्त अभियान चलाएर आमबारी गजलडोबा सडकको साहुडाङ्गी संलग्न नवापाडा क्यानल मोडमा एउटा ट्रेलरलाई रोकेर छानबीन गर्दा अधिक मात्रामा गाँजा उद्धार गरेको बताइएको छ। उक्त ट्रेलर मुनि एउटा गोप्य च्याम्बर बनाएर १८ वटा प्याकेटमा लगभग २३० किलो गाँजा राखेको थियो। पुलिसले ट्रेलर चालकलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा अभियान चलाएर अधिक मात्रामा गाँजा उद्धार गरेको छ। उक्त गाँजाको अनुमानित बजार मूल्य लगभग १५ लाख रुपियाँ रहेको छ भने उक्त गाँजा डुवर्सतर्फ लगिरहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement