गान्तोकः केन्द्रिय वित्त एवं कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले दक्षिण सिक्किमको याङगाङस्थित धापरदेखि भालेढुङ्गासम्मको नवनिर्मित इको फ्रेण्डली प्यासेन्जर रोप-वे उद्घाटन गरेकी छन्। राजधानीको चिन्तन भवनमा आयोजित क्रेडिट आउटरिच प्रोग्राममा केन्द्रिय मन्त्रीले भर्चुअल माध्यमद्वारा रोप-वे उद्घाटन गरेकी हुन्। उक्त जानकारी मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा दिएका छन्।
क्रेडिट आउटरिच प्रोग्रामको अध्यक्षता केन्द्रिय मन्त्री सीतारमणले गरेकी थिइन्। मुख्यमन्त्रीले धापरदेखि भालेढुङ्गासम्मको रोप-वे उद्घाटनको निम्ति केन्द्रिय मन्त्रीलाई धन्यवाद दिएका छन्। यस रोप-वे को निर्माण पीएम-डिवाइन योजनाअन्तर्गत गरिएको हो। केन्द्रिय मन्त्री सीतारमणले आज राजधानीको लुम्सेमा प्रस्तावित मिनी सचिवालयको निम्ति आधारशिला राखिन्, जसको निम्ति पनि मुख्यमन्त्रीले कृतज्ञता व्यक्त गरेका छन्।










