गान्तोकः केन्द्रिय वित्त एवम् कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले मंगलवार राजधानीको एमजी मार्गमा नाबार्डले लगाएको प्रदर्शनी उद्घाटन गरेपछि भ्रमण गरिन्। यहॉं एसएचजी, एफपीओ र स्थानीय कारीगरहरूले आफ्ना विभिन्न उत्पादहरू स्टल लगाएर प्रदर्शनीमा राखेका छन्। केन्द्रिय मन्त्री सीतारमणको साथमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, पर्यटन मन्त्री बीएस पन्त, गान्तोककी उपमेयर छिरिङ पाल्देन भोटिया, जिल्लापाल तुषार जी. निखारे, पुलिस अधीक्षक तेन्जिङ लोडेन, नाबार्ड चेयरमेन साजी केवी तथा अन्यहरू पनि उपस्थित थिए।
यस अघि केन्द्रिय मन्त्री सीतारमणले पंजाब नेशनल ब्याङ्कको मोबाइल एटीएम भ्यान झण्डा हल्लाएर शुरूवात गरेकी थिइन्। सीतारमणले स्टालहरू भ्रमण गर्दै त्यहॉं प्रदर्शनीमा राखिएका उत्पादहरूको बारेमा जानकारी लिइन्। प्रदर्शनीमा कूल ३० वटा स्टाल लगाइएका छन्, जसमा एसएचजीहरूले आफ्ना उत्पादहरू राखेका छन्।










