सिलगढी: सिलगढी नगर निगमले प्रसिद्ध नाटककार गिरीश चन्द्र घोषको १८०औं जन्मजयन्ती पालन गरियाे। मंगलबार सिलगढीका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, नगर निगमका अध्यक्ष पाटुल चक्रवर्ती, नगरपालिका आयुक्त सुनम वाङ्दी भुटिया र सिलगढी नगरपालिकाका विभिन्न अधिकारीहरूले पुष्प अर्पण गरे। गिरीशचन्द्र घोषको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।










