२८ फरवरीः क्रिकेट खेलको प्रचार-प्रसारमा महान सचिन तेन्दुलकरको योगदान कसैभन्दा कम्ती रहेको छैन अनि अब उनलाई भव्य तरिकाले सम्मानित गरिने तयारी शुरु भएको छ। मुम्बईको वानखेड़े स्टेडियममा चाँड़ै मास्टर ब्लास्टरको प्रतिमा स्थापित गरिनेछ। महान ब्याटर सचिनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच २०१३-मा वेष्ट इण्डिज विरुद्ध वानखेड़े स्टेडियममै खेलेका थिए। रिपोर्ट अनुसार, प्रतिमाको अनावरण सचिनको ५०औं जन्मदिन (३० अप्रेल) या फेरि पछिबाट भारतमा हुने आईसीसी वनडे वर्ल्ड कपको अवधि गरिनेछ। मुम्बई क्रिकेट एसोसिएशन (एमसीए)-का अध्यक्ष अमोल कालेले यस विषयमा सहमति व्यक्त गरिसकेका छन्। सचिनको प्रतिमा यस ऐतिहासिक स्थलमा स्थापित गरिने पहिलो प्रतिमा हुनेछ।
एमसीए अध्यक्षले भनेका छन्, वानखेड़े स्टेडियममा यो पहिलो प्रतिमा हुनेछ। प्रतिमा कहाँ स्थापित गरिनेछ भन्ने हामी पछिबाट फसेला गर्नेछौं। उनी (सचिन) भारत रत्न हुन् अनि उनले यस खेलको निम्ति के गरेका छन् भन्ने सबैलाई थाहा छ। यो हाम्रो तर्फबाट उनका विशाल उपलब्धिहरूलाई सानो भेट हुनेछ। यस मामिलामा हामीले उनीसँग तीन हप्ता अघि नै चर्चा गरेका थियौं अनि हामीलाई उनको सहमति प्राप्त भइसकेको छ। उल्लेखनीय छ, एमसीए-ले शुरुवातदेखि नै आफ्ना दिग्गज खेलाड़ीहरूलाई उचित सम्मान दिँदै आएको छ। सचिनको नाममा पहिलादेखि नै स्टेडियममा एउटा स्ट्याण्ड रहेको छ। यसरी नै दिलीप भेंगसरकरको नाममा पनि एउटा स्ट्याण्ड र लिटल मास्टरको नामले चिनिने सुनिल गावस्करको नाममा एउटा कर्पोरेट बक्स रहेको छ।










